Logo
Logo

संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो: सभामुख सापकोटा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ माघ । सभामुख अग्निप्रसाद सापकोटाले नेपालको जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृति हाम्रा मौलिक विशेषता भएको उल्लेख गरेका छन् । माघे संक्रान्तिका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले चाडपर्वहरुको मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिने बताए ।

सभामुख सापकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको स्मरण गर्दै तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीले आआफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको उल्लेख गरेका छन् ।

सभामुख सापकोटाले भनेका छन्, ‘संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ ।’ यो पर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव, आत्मीयतापूर्ण व्यवहार, सम्बन्ध र एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने सभामुखको विश्वास व्यक्त गरेका छन् ।

सापकोटाले सन्देशमा भनेका छन्, ‘कोभिड–१९ को महामारी कायम रहेकाले यस वर्षका अरु चाडपर्वमा जस्तै माघेसंक्रान्ति/माघी पर्व पनि उच्च स्वास्थ्य सतर्कताकासाथ मनाउनु हुन सबैमा अपिल गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्