Logo
Logo

माघी सङ्क्रान्तिमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको सुभकामना

'समृद्धिका लागि जिम्मेवार हुन सबै नेपालीलाई प्रेरणा देओस्'


- दृष्टि न्युज/संवाददाता


काठमाडौं १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले चाड पर्वले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेकी छन् ।

माघे संक्रान्ति पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले माघे संक्रान्ति पर्वबाट नेपालीबीच आपसी एकता र सदभाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरेकी छन् ।

पर्वले मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्वर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

यसैबीच उपराष्ट्रपति पराष्ट्रपति नन्दबहादुर पुनले संविधानको संरक्षण र पूर्णपालनका लागि सबै पक्ष जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताएका छन् ।

माघे संक्रान्ति पर्वको अवसरमा जारी शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले भनेका छन्, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको छ । आफ्नो सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गरेको संविधानको रक्षाका लागि जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्दछ ।’

उनले माघे संक्रान्ति/माघी पर्व २०७७ ले संविधानको संरक्षण, पूर्णपालन, राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि जिम्मेवार हुन सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामनासमेत गरेका छन् । उपराष्ट्रपति पुनले नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै प्रश्न उठेको भन्दै यस्तो अवस्था सिर्जना हुनु ज्यादै दुःखद् भएको बताएका छन् ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस पर्वको शुभकामना सन्देश व्यक्र गरेका छन् । प्रधामन्त्री ओलीले सुभकामना सन्देशमा भनेका छन्, थारु समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघे संक्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु । सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धमा प्रवेश गर्ने समयमा हरेक वर्षको माघ एक गते देशका विभिन्न भागमा विभिन्न तरिकाले मनाइने यस पर्वका अवसरमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस्