Logo
Logo

नेकपा प्रचण्ड-नेपाल समूहले खोज्यो कांग्रेससँग सहकार्य


- दृष्टि न्युज/संवाददाता

1k
Shares

काठमाडौं, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल समूह)ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकार्य खोजेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास वुढानिलकण्ठ पुगेरै नेकपा (प्रचण्ड–नेपाल समूह)ले कांग्रेस सभापति देउवासँग सहकार्यका लागि प्रस्ताव गरेको हो ।

सभापति देउवा सचिवालयका अनुसार नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले संघ र प्रदेश सरकारहरुमा मिलेर जान प्रस्ताव गरेका थिए ।

जवाफमा सभापति देउवाले पार्टीमा छलफल गरेर निर्णय दिने बताएको उनको निजी सचिवालयले दृष्टि न्यूजलाई जानकारी दिएको छ । छलफलका क्रममा सभापति देउवाले पार्टीको केन्द्रीय समिति बैठकबाट सहकार्यबारे निर्णय गर्ने बताएको उनका निजी सचिव भानु देउवाले जानकारी दिएका छन् ।

नेकपा विभाजनपछि प्रदेश सरकारहरुमा बहुमत पु¥याउन कांग्रेसको साथ आवश्यक पर्छ । प्रदेश एकमा माघ ७ गते बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव पेश हुँदैछ । त्यसका लागि र नयाँ सरकार गठनका लागि नेकपा (प्रचण्ड–नेपाल समूह)लाई कांग्रेसको साथ आवश्यक पर्छ ।

छलफलका क्रममा दुबै पक्षले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन कार्य असंवैधानिक भएको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्