Logo
Logo

पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको निधन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ माघ । पूर्वराज्यमन्त्री एवम् भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको उपचारको क्रममा निधन भएको छ ।

मधुमेहबाटसमेत पीडित यादवको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । उनी नेकपा बाँकेको इञ्चार्ज थिए । उनी पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभाका सदस्यसमेत थिए ।

स्रोतका अनुसार उनलाई यही पुस १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्टै उनलाई उपचार गर्न हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्