Logo
Logo

चिसो मौसममा छुटाउनै नहुने यी पाँच फलफूल (सुचीसहित)


- दृष्टि न्युज/संवाददाता


काठमााडौं – चिसो मौसमको समयमा खानेकुरामा हामिले ख्याल गर्नैपर्ने हुन्छ । फलफूलमा हुने भिटामिन चिसोजन्य रोगहरूका अत्यावश्यक हुने हुनाले चिसो लाग्छ भनेर फलफूल नखानु चाहीं मुर्खता नै हो । त्यसैले मानिसले मौसम अनुसारको फलफुल खान आवश्यक छ ।

गर्मी याममा जसरी शरीरमा पानी कम हुने त्रासका कारण हामी फलफूल खानु उचित ठान्छौं, त्यस्तै चिसो याममा रुघाखोकी र अन्य चिसोजन्य रोगका विरुद्ध पनि फलफूल खानु एकदमै आवश्यक छ । यहाँ जाडो मौसममा छुटाउनै नहुने केही फलफूलबारे जानकारी दिइएको छः

स्याउ: हाम्रो खानाको मुख्य स्रोत एन्टीओक्सीडेन्ट हो । एउटा स्याउमा १५ सय मिनिग्राम भिटामीन सि प्राप्त हुन्छ । भिटामिनले भायरससँग लड्ने भएकाले चिसो मौसममा पर्याप्त स्याउ खानुहोस् । स्याउले मुटु सम्बन्धी रोग घटाउनुको साथै क्यान्सरबाट बचाउँछ । यो स्याउको मौसम हो, खानुहोस् स्याउ । बच्नुस् रुघाखोकीबाट ।

मेवा: मेवाले पनि प्रशस्त मात्रामा भिटामीन सि उपलब्ध गराउँछ । मेवाले सुन्निने रोगहरूमा पनि उत्तिकै लाभ मिल्छ । त्यसैले यो चिसोमा टन्न खानुहोस् मेवा ।

अंगुर: अंगुरमा पनि पर्याप्त मात्रामा भिटामीन सि हुन्छ । अंगुरमा कोलस्ट्रोल (चिल्ल) घटाउने अरू तत्वहरू पनि मिसिएको हुन्छ । रातो अंगुर क्यान्सरका विरुद्ध लड्ने महत्त्वपूर्ण स्रोत पनि हो ।

केरा: केरा भिटामीन बिको महत्त्वपूर्ण स्रोत हो । केराले थकान, अवसाद, तनाव र अनिद्रा हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । केराले हाड बलियो बनाउँछ भने मुटु रोगबाट बचाउँदै उच्च रक्तचापबाट पनि जोगाउँछ । चिसोमा केरा खायो भने झनै चिसो हुन्छ भन्ठान्नुहुन्छ रु त्यो गलत हो । खानुस् केरा, बच्नुस सर्दीबाट ।

सखरखण्ड: सखरखण्ड भिटामीन एको महत्त्वपूर्ण स्रोत हो । यसमा भिटामीन इ पनि रहेको पाइन्छ । यसले रक्तकोषहरु मर्नबाट समेत जोगाउँ छ । आलुको भिटामीन इ ले प्रतिरक्षात्मक प्रणालीलाई एकदमै राम्रो बनाउँछ । त्यसैले नेपाली माटो र बजारमा पर्याप्त पाइने सखरखण्ड खाऔं र सर्दीबाट बचौं ।

प्रतिक्रिया दिनुहोस्