Logo
Logo

नेपाने युवा क्लवमा सोनाम ङिमा शेर्पाको नेतृत्व


- दृष्टि न्युज/संवाददाता


काठमाडौ, २ माघ । ‘नेपाने युवा क्लव’को समितिमा नयाँ कार्यसमिति चयन गरिएको छ । सोलुखुम्बुमा गत पुष २८ गते मंगलबार बसेको क्लवको भेलाले सोनाम ङिमा शेर्पाको अध्यक्षतामा ११ जना कार्य समिति चयन गरेको हो ।

संस्थाको महासचिवमा ल्हाक्पा देण्डी शेर्पा, कोषाध्यक्षमा मिङमार शेर्पेनी, सचिवमा छिरीङ दोर्जी शेर्पा चयन भएका छन् । त्यस्तै, सुचान तथा सञ्चार बिभाग प्रमुखमा ल्हाक्पा शेर्पा, सांस्कृतिक बिभाग प्रमुखमा सोनाम शेर्पा र उपप्रमुखमा कुके शेर्पा चयन भएका छन् ।

त्यस्तै, क्लवको सदस्यहरुमा ङिमा औङछु शेर्पा, पेम्बा शेर्पा, ङिमा जङबु शेर्पा, ल्हेमी शेर्पा लामा, सोनाम औङदी शेर्पा, जाङबु शेर्पा र पेम्बा शेर्पा (प्रदेश नम्बर एक अन्डर-१९ व्यटमिन्टन राष्ट्रिय खेलाडी) रहेका छन् । यस्तै भेलाले सल्हकारहरुमा ल्हकपा शेर्पा र सोनाम शेर्पा चयन गरिएको छ भने संरक्षकमा ई-दावा जाङबु लामा शेर्पा चयन भएका छन् ।

नेपाने क्लव २०५९ सालमा स्थापना भई नेपालका दुर्गम भेगमा सामाजिक, सांस्कृतिक, आर्थिक लगायतका कामहरु गर्दै आईरहेको संस्थाको नव निर्वाचित कार्यवाहक अध्यक्षन सोनाम ङिमा शेर्पाले जानकारी दिए । उनले सामाजिक, आर्थिक र सांस्कृतिक संरक्षण र विकासमा योगदान पुर्‍याउने उदेश्यले संस्था स्थापना भएको बताए । शेर्पाका अनुसार यस क्लवले विकास गतिविधिहरूमा जनतालाई अधिकतम जनसहभागिता गराई रोजगार उन्मुख व्यवसाय र अभियान गतिविधिहरू सञ्चालन गर्न पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्