Logo
Logo

सुशान्तको डायरीबाट: मलाई सबै कुरा राम्रोसँग त मिल्यो तर…


- दृष्टि न्युज/संवाददाता


बलिउड – बलिउडका नायक सुशान्त सिंह राजपुतको निधन भएको ७ महिनापछि उनले आफ्नो जीवनबारे लेखेको पत्र सार्वजनिक भएको छ । उनको निधन भएको ७ महिनापछि उनकी बहिनी श्वेता सिंह किर्तीले उनले लेखेको हस्तलिखित एक पत्र सार्वजनिक गरेकी हुन् । सुशान्तले लेखेको सो पत्रमा उनले जिन्दगीको वास्तविक खेलको बिषयमा लेखेका छन् ।

सुशान्तले लेखेका छन्–‘मलाई लाग्छ कि मैले जिन्दगीको ३० बर्ष खर्च गरिदिएको छु । सुरुवाती ३० बर्ष केही बन्ने कोशिशमा मैले खर्च गरेँ । म हरेक कुरामा राम्रो बन्न चाहन्थेँ । म टेनिस खेलमा, स्कुलमा राम्रो बन्न चाहन्थेँ । मैले हेरक कुरालाई सोही आँखाले हेरेँ । म जस्तो छु, यो ठिक होइन । मलाई सबै कुरा राम्रोसँग त मिल्यो तर मलाई महशुश भयो कि यी सबै खेल नै गलत थियो । किनकी, सबै खेल त त्यही कुराको खोजीमा थियो जुन म पहिलेदेखि नै थिएँ ।’

गतबर्षको जुन १४ मा सुशान्तको शव उनकै अपार्टमेन्टमा भेटिएको थियो । यसपछि, सुशान्तको निधनको बिषयमा थुप्रै अड्कलकाजीहरु लगाइएको थियो । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले केही महिना जेल जीवन पनि बिताउनुपर्यो । सुशान्तको परिवार र उनको फ्यानहरुले उनले आत्महत्या गरेको नभई उनको हत्या भएको भन्दै छानविनको माग गरेका थिए । तर, पछि सुशान्तको निधनको बिषय ड्रग्ससँग जोडिन पुग्यो तर, सुशान्तले आत्महत्या किन गरे भन्ने वास्तविकता खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्