Logo
Logo

उत्तर कोरियाले सार्वजनिक गर्‍यो संसारकै सबैभन्दा शक्तिशाली अस्त्र


- दृष्टि न्युज/संवाददाता


काठमाडौं – उत्तर कोरियाले संसारकै सबैभन्दा ‘शक्तिशाली अस्त्र’ बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ । पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको ‘बलिस्टिक क्षेप्यास्त्र’ सार्वजनिक गरेको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार यस क्षेप्यास्त्रलाई संसारकै सबैभन्दा शक्तिशाली अस्त्र भनेर वर्णन गरेका छन्। प्योङयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जङ्ग-अनले अवलोकन गरेको त्यहाका सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

समाचार अनुसार त्यसअघि एउटा विरल राजनीतिक बैठकमा नेता किमले संयुक्त राज्य अमेरिका उत्तर कोरियाको अग्रणी शत्र भएको बताएका थिए। ठूलो आकारका कालो-सेतो रङ्गका चारवटा क्षेप्यास्त्र प्रदर्शन गरिएको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । विश्लेषकहरूले यसअघि उत्तर कोरिया नदेखिएका अस्त्रहरू देखिएको बताएका छन्।

सार्वजनिक गरिएको क्षेप्यास्त्रको कोरियाली नाम उल्लेख गर्दै उत्तर कोरियासम्बन्धी विज्ञ अङ्कित पाण्डाले नयाँ वर्ष, नयाँ पकगकसङ्ग भन्दै ट्वीट गरेका छन्।

कोरियन सेन्ट्रल न्यूज एजेन्सीको समाचार अनुसार विश्वकै सबैभन्दा शक्तिशाली अस्त्र पनडुब्बीबाट प्रहार गरिने बलिस्टिक क्षेप्यास्त्र क्रान्तिकारी सशस्त्र फौजहरूको शक्ति प्रदर्शन गर्दै एकपछि अर्को गरी स्क्वायरमा प्रवेशमा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्