Logo
Logo

विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन देउवाको अपील


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ । नेपाली कांग्रेसले संसद विघटनको कदमविरुद्ध माघ ३ गते देशभर विरोध प्रर्दशन गर्दैछ । उक्त विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले अपील गरेका छन् ।

संसद विघटनको विरुद्धमा नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । यसैबीच कांग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको हो ।

कांग्रेस सभापति देउवाले शुक्रबार विज्ञप्ति जारी गर्दै अव हुने विरोध कार्यक्रमा सक्रिय सहभागी जनाउन अपिल गरेका हुन् । विज्ञप्तिमा देउवाले भनेका छन्, ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’

संसद विघटनको कार्यलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले त्यसविरुद्ध एक्लै संघर्षमा जाने भएका छन् । हिजो मात्रै नेकपा प्रचण्ड—माधम समुहले देउवालाई भेटेर संयुक्त आन्दोलनमा जाने प्रस्ताव गरे पनि कांग्रेसले संयुक्त आन्दोलनमा नजाने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्