Logo
Logo

नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक जारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौंं, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा अहिले जारी छ । बिहीबारको स्थायी कमिटी बैठक विनानिष्कर्ष सकिएपछि आज फेरि बैठक बोलाइएको हो । पुस १९ र २० गते बसेको यो समूहको स्थायी कमिटी बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको हो ।

संसद् विघटनविरुद्ध संघर्षको कार्यक्रम गरिरहेको यो समूहको बैठकमा यिनै समसायिक विषयमा छलफल गर्ने कार्यसूची रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

संसद् विघटनविरुद्ध यो समुहले संयुक्त प्रदर्शनको गृहकार्य गरिरहेको छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी संयुक्त प्रदर्शन गर्न सहमत नभएपछि यो समुहले एक्लै विरोध प्रर्दशन गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्