Logo
Logo

नेपाल हस्तकला महासंघको ४०औं वार्षिक साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल हस्तकला महासंघको ४०औं वार्षिक साधारणसभा जिल्ला प्रशासन कार्यालय काठमाडौंंबाट स्वीकृति लिई २०७७ पुस २९ गते बुधबार महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यको सभापतित्वमा भर्चुअल माध्यमबाट सम्पन्न भयो ।

उक्त साधारणसभाको उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता महासंघका संस्थापक अध्यक्ष सागरशम्शेर राणाले गरेका थिए । सो सभामा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङ, नेपाल सरकारका उद्योग, सचिव चन्द्रकुमार घिमिरे, वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले भर्चुअल माध्यमबाट शुभकामना दिएका थिए ।

त्यसैगरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले भर्चुअल जुमबाट शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वार्षिकसभाको बन्दसत्रमा कार्यसमितिको वार्षिक प्रतिवेदन, वित्तीय प्रतिवेदनमाथि छलफल भई पारित गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्