Logo
Logo

सात कम्युनिष्ट पार्टी एक भएर बन्यो नयाँ पार्टी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको बेला साना सात कम्युनिष्ट पार्टीले एकता घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपाल कम्युनिष्ट पार्टी (गणतान्त्रिक), नयाँ नेपाल राष्ट्रिय पार्टी, नेपाल श्रमजीवि पार्टी, ने.क.पा (मार्क्सवादी ), पुर्व जनमुक्ति सेना एकता पार्टी र थारु राष्ट्रिय मुक्ति मोर्चा गरी सात वटा पार्टीबीच एक भएर नयाँ पार्टी घोषणा गरेका हुन् ।

नयाँ पार्टीको नाम ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द्र)’ राखिएको छ । एकतापछि भविश्वर पराजुलीलाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।
कार्यक्रममा पुनर्गठित ने.क.पा (माओवादी केन्द्र)का अध्यक्ष पराजुलीले कम्युनिष्टबीच विभाजन आइरहँदा एकता अभियान सुरु गरिएको बताए । उनले सच्चा कम्युनिष्टबीचको एकता अभियान चलेको भन्दै धुव्रिकरणले गति लिने ठोकुवा समेत गरे । नयाँ पार्टीले माओवादी आन्दोलनको इतिहास, त्यसको भावना र विचारलाई निरन्तरता दिने उनको प्रतिबद्धता थियो ।


कार्यक्रममा वामपन्थी नेता दलविर विश्वकर्माले एकता घोषणालाई ऐतिहासिक दिन भएको बताउँदै पार्टीले राष्ट्र निर्माणको उद्देश्यलाई सफल पार्ने दावी समेत गरे । पुनर्गठित ने.क.पा (माओवादी केन्द्र)का सल्लाहकार विनोद आचार्यले सात पार्टीको एकतासँगै नेपाललाई समाजवादी नीतिबाट देशका कुनै पनि नागरिकले काम खोज्न विदेश जानुपर्ने बाध्यता अन्त्य गर्नेतर्फ अग्रसर रहने बताए । पार्टी एकतामा सैद्धान्तिक, राजनीतिक तथा संगठनात्मक विषयमा खुला र मैत्रिपूर्ण विचारधारात्मक छलफल गर्दै सम्मानजक समायोजन र व्यवस्थापन गर्ने समेत सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्