Logo
Logo

‘ओली, प्रचण्ड र माधव रिङआउट, अबको प्रधानमन्त्री देउवा’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमपछि उत्पन्न राजनीतिक संकटको बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले सत्ता कांग्रेसको हातमा जाने बताउँदै अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरेका हुन् ।


गृहजिल्ला गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले भनेः ‘प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल प्रधानमन्त्रीको लाइनबाट बाहिरिसकेकाले अब देउवा प्रधानमन्त्री बन्ने दावी गरेका हुन ।

प्रतिनिधि सभा विघटन गरेर ओलीले अपराध गरेको बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले अदालतको फैसलाबाट ओली रिङआउट हुने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्