Logo
Logo

सरकारले ल्यायो ‘नागरिक एप’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ । सरकारले लाइन होइन अनलाईनबाटै सरकारी सेवा भन्ने नारा लिएर ‘नागरिक एप’ सार्वजनिक गरेको छ ।
जनतालाई छिटोछरितो र प्रभावकारी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘नागरिक एप’ सार्वजनिक गरेको हो । आज (शुक्रवार ) मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पार्वत गुरुङले एपको शुभारम्भ गरेका हुन् ।


नागरिकलाई सरकारले प्रदान गर्ने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउने योजनाका साथ एप सञ्चालनमा ल्याइएको हो । शुभारम्भ कार्यक्रममा मन्त्री गरुङले डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको दावी गरे ।
यो एपबाट नागरिकले प्यान कार्डको आवेदन भरेर प्यान नम्बर प्राप्त गर्न सक्नेछन् । सरकारलाई तिरेको करको विवरण समेत मोबाइलमै जानकारी पाउन सकिने मन्त्रालयले जनाएको छ । एपमार्फत नागरिकता, राहदानी, शैक्षिक प्रमाणपवत्र र मतदाता परिचय पत्रको विवरण समेत प्राप्त गर्न सक्नेछन् । यि बाहेक नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋणबारे पनि जानकारी लिन सकिने मन्त्रालयले जनाएको छ । एपबाटै नागरिकले हेला सरकारमा गुनासो गर्न सक्नेछन् । सरकारले यो एपले नागरिकलाई केही हदसम्म सरकारी सेवामा लामो समय कुर्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्