Logo
Logo

इण्डोनेसियाको भूकम्पमा मृत्यु हुनेकाे संख्या ३४ पुग्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडाैं, २ माघ । इण्डोनेसियाको सुलावेसी द्वीपमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । शुक्रबार बिहानको भूकम्पमा सुलावेसी द्वीपको मामुजु शहरमा २६ जना र दक्षिणी क्षेत्रमा आठ जना गरी हालसम्म ३४ जनाले ज्यान गुमाएका हुन् ।

एक अस्पताल र कयौं भवन भत्किएका छन् । इण्डोनेसियाकाे प्रकोप नियन्त्रण विभागका अनुसार अस्पतालको भग्नावशेषमा बिरामी र अस्पालका कर्मचारी गरी करिव दश जना पुरिएका छन् । भूकम्पको कारण भएको धनजनको क्षतिलगायतका विस्तृत विवरण भने आउन बाँकी छ । यसअघि सन् २०१८ मा इण्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्निच्युडकोभूकम्प र त्यसपछिको सुनामीमा परी ४ हजार ३ सय भन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्