Logo
Logo

जिसस प्रमुखसहित ५ जना जुवाको खालबाट रंगेहात पक्राउ


- दृष्टि न्युज/संवाददाता


रुकुम, २ माघ । जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओली जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । प्रमुख ओली सहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आज (शुक्रवार) दिउँसो पक्राउ गरेको हो ।


रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. १ पातुखोलाबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी कपिल शाहीले जानकारी दिए । उनीहरूलाई भरत घर्तिमगरको घरमा जुवा तास खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरी नियन्त्रणमा लिईएको र थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्