Logo
Logo

विनोदको शतकमा आर्मीको जीत


- दृष्टि न्युज/संवाददाता


काठमाडाैं, २ माघ । शुक्रबारबाट सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टीम आर्मीले शान्दार विजयी सुरुवात गरेको छ । विनोद भण्डारीको शतकीय पारीमा गण्डकी प्रदेशलाई ९९ रनले पराजित गर्दै आर्मी प्रतियोगिताकाे उद्घाटन खेलमा विजयी भएकाे हो ।


कीर्तिपुरस्थित टीयु मैदानमा भएको खेलमा २ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकीले १२ बल छँदै १ सय ८९ रनमा अलआउट हुन पुग्यो । समिर कँडेलले अर्धशतकीय इनिङ्स खेले भने बिपिन खत्री ३७ रनमा अविजित रहे । अर्जुन कुमारले ३६ र दिपक डुम्रेले २६ रन बनाए । बिष्णु पाण्डेले १२ रन बनाए । आर्मीका राजेश पुलामी एक्लैले ५ विकेट लिएका थिए । यस्तै, भीम सार्कीले ३ तथा आकाश चन्द र रोहित पौडेलले एक एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो । विनोद बाहेक खेलमा राजु रिजालले ४५, लोकेश बलमेले ४२ र राजेश पुलामी मगरले ३८ रनको योगदान दिएका थिए । भीम सार्की १५, रोहित पौडेल १० र हरीकृष्ण झा १४ रनमा आउट भए । गण्डकीका बिपिन खत्री र बिशाल पौडेलले समान २ विकेट लिए । दिपेश खत्री र चन्द्र पौडेलको नाममा एक एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्