Logo
Logo

ओलीको धम्कीमा निर्णय गरे सर्वोच्चविरुद्ध आन्दोलनः डा. केसी (भिडियाे)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ माघ । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीको भरमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई सदर गरे अदालतविरुद्ध आन्दोलनमा आउने बताएका छन् ।

प्रधानमन्त्री ओलीको असंवैधाकि कदम विरुद्ध माइतीघर मण्डलामा आयोजित नागरिक आन्दोलनलाई सम्बोधन गर्दै डा। केसीले अन्तिम आश न्यायलयसँग रहेको बताउँदै प्रतिनिधि सभा विघटनको निर्णयलाई सदर भए अदालतविरुद्ध आन्दोलनमा उत्रने बताएका हुन ।

आन्दोलनलाई सम्बोधन गर्दै डा। केसीले भने, ‘अदालतले जनताको आश मार्ने छैन। ओलीको निर्देशनमा वा धम्कीमा अदालतले फैसला सुनाउने छैन। यदि बदर गरेन भने जनताहरु दुःखका साथ न्यायालयविरुद्ध सडकमा उत्रन्छन् ।’

अदालतले जनताको अधिकार रक्षा गर्न पर्ने भन्दै डा। केसीले प्रतिनिधि सभा विघटनको निर्णय गैरसंवैधानिक भएको टिप्पणी गरे। डा। केसीले भने‚ ‘ओलीले पटक पटक भ्रष्टाचार र अपराध गर्नुभयो। दलाली गर्नेलाई उहाँले संरक्षण गर्नुभयो। कुर्सी हल्लिन थालेपछि संसद विघटन गर्नुभयो। संविधानलाई नै अपाङ्ग बनाउनुभयो ।’

 

प्रतिक्रिया दिनुहोस्