Logo
Logo

ओलीको प्रश्नः बाजेको पेडा पसल र सूर्य चिन्ह एउटै हो ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ माघ । प्रधानमन्त्री तथा नेकपा केपी ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले ‘बाजेको पेडा पसल’ भनेर व्यापारीले आफूलाई असली दावी गरे झै प्रचण्ड–माधव समूहले सूर्य चिन्ह दावी गरेको आरोप लगाएका छन् ।


नेकपा ओली समूह प्रदेश १ का अगुवा कार्यकर्तालाई काठमाडौंमा आयोजित भेलामा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लागाएका हुन । पार्टीे र चुनाव चिन्हको आधिकारीकता प्रचण्ड–माधव समूहले दावी गर्नु र ‘असली बाजेको पेडा पसल’ भन्दै वरमझीयाका व्यापारीले दावी गर्नु उस्तै रहेको ओलीको भनाइ रहेको छ । नेकपा अध्यक्ष प्रचण्डलाई इङ्गीत गर्दैै अध्यक्ष ओलीले जिन्दगीमा एक पटक पनि सूर्य चिन्हमा चुनाव नलडेका व्यक्तिले सूर्य चिन्ह मेरो हो भन्दै दावी गर्नु लज्जास्पद रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्