Logo
Logo

ओलीले नागरिकको अधिकार खोस्न खोजे : बालकृष्ण खाँण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ माघ । नेपाली कांगेसका सचेतक बालकृष्ण खाँणले सरकारले जनताको मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् । आज (शनिबार) नेपाली कांग्रेस तिलोत्तमा नगर समितिले बुटवलमा आयोजना गरेको विरोध प्रदर्शन सभालाई सम्बोधन गर्दै नेता खाँणले संविधान नै मिचेर संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका हुन् ।

नेता खाँणले प्रधानमन्त्री ओलीले चिनियाँ शैलीको कम्युनिष्ट शासन प्रणाली नेपालमा लागु गर्न खोजेकै कारण असफल भएको तर्क गरे । सरकारले नागरिकको चियो चर्चा गर्न थालेको र नागरिकको गोपनियताको अधिकार खोस्ने कानून ल्याएको समेत नेता खाँणले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्