Logo
Logo

असंवैधानिक कदममा कांग्रेस टुलुटुलु हेरेर बस्दैन : प्रकाशमान सिंह


- दृष्टि न्युज/संवाददाता


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन सिफारिस गरेकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभा विघटनविरूद्द आज (शनिबार) वसन्तपुरमा आयोजित सभामा बोल्दै नेता सिंहले प्रधानमन्त्री ओलीले आफैलाई संविधान ठान्न मिल्छ भन्दै प्रश्न गरे ।

 

उनले राष्ट्रपति, प्रधानमन्त्री, सांसद सबैले संविधानको पालना गर्नुपर्ने बताउँदै प्रतिनिधिसभा विघटन सिफारिस गरेको मा कांग्रेस टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिए । ‘मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?’ नेता सिंहले भने, ‘कांग्रेसको नेतृत्वमा संविधान जारी भएको हो । निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन ।’

उनले संविधानको बर्खिलापमा प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न पाइन्छ भन्दै प्रश्न गरे । मुलुकमा निर्वाचनको घोषणा गरेपनि निर्वाचनमा जाने आँट नेकपाका कुनै नेतामा नभएको उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्