Logo
Logo

प्रतिनिधिसभा पुर्नस्थापना भए पार्टी एक हुन्छः घनश्याम भुसाल


- दृष्टि न्युज/संवाददाता


रुपन्देही, २ माघ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले प्रतिनिधिसभा पुर्नस्थापना भए पार्टी एक हुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेका कारण दुई भागमा विभाजन भएको पार्टी प्रतिनिधिसभा पुनस्थापना भए एक हुने उनको भनाइ रहेको छ । उनले भने, ‘प्रतिनिधिसभा पुर्नस्थापना भए पार्टी एक हुन्छ । त्यसपछि प्रधानमन्त्रीले चालेको कदमको गम्भीर समीक्षा हुन्छ ।’

रुपन्देही स्थित नेकपा तिलोत्तमा नगर कमिटीले शनिबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता भुसालले प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नभएको बताउँदै प्रतिनिधिसभा पुर्नस्थापना नभए देश गम्भीर राजनीतिक भूमरीमा फस्ने र प्राप्त उपलब्धिहरु गुम्ने समेत धारणा राखे ।
न्यायलयलाई प्रभावित पार्ने कोसिस भइरहेको भन्दै नेता भुसालले त्यसका विरुद्ध संघर्ष आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्