Logo
Logo

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको विजयी सुरुवात


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागी टिम एपीएफले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज (शनिबार) प्रदेश १ लाई १ सय ३५ रनले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।


एपीएफले दिएको २ सय ४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश १ ले ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ८ रन मात्र बनाउन सक्यो । प्रदेश १ का मनिस थापाले १८ रन जोड्दा फिर्दोस अन्सारीले १७ रन जोडे । दिपेश कंडेलले १६ र दिपक पासवानले १३ रन बनाए । प्रदेश १ लाई सस्तैमा समेट्न अविनास बोहराले ५ र वसन्त रेग्मीले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४३ रन बनाएको थियो । एपीएफका लागि आसिफ शेखले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै वसन्त रेग्मीले ४० रन जोड्दा सन्दीप जोराले ३० रन बनाए । कप्तान शरद भेषवाकरले २० तथा किशोर महतो र सुवास खकुरेलले समान १९ रन जोडे भने सुमित महर्जन १४ रनमा आउट भए । प्रदेश १ का फिर्दोस अन्सारी, हेमन्त राई र दिपेश कंडेलले दुई दुई विकेट लिए । जितसँगै समूह ’ए’ मा रहेको एपीएफले पहिलो खेलमा २ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्