Logo
Logo

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ माघ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडाैंकाे गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्ती बस्ने ५० वर्षीय सन्तबीर राईलाई पक्राउ गरेको हो ।

जबरजस्ती करणी गरेको खबर पाए लगत्तै नयाँबस्तीबाट खटिएको प्रहरीले अभियुक्त राईलाई पक्राउ गरेको थियो । घटनाका सन्दर्भमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्