अनेरास्ववियूको अगुवा कार्यकर्ता भेला काठमाडौंमा, अध्यक्ष प्रचण्ड र नेपालले सम्बोधन गर्दै « Drishti News – Nepalese News Portal
Logo

अनेरास्ववियूको अगुवा कार्यकर्ता भेला काठमाडौंमा, अध्यक्ष प्रचण्ड र नेपालले सम्बोधन गर्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको विद्यार्थी संगठन अनेरास्ववियूको बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला आज काठमाडौंमा हुँदैछ ।

काठमाडौंको प्रज्ञा भवनमा दिनको १२ बजे हुने भेलामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

विद्यार्थी नेता तथा कार्यकर्ताहरुलाई पछिल्लो राजनीतिक परिस्थितिबारे प्रशिक्षित गर्न अगुवा भेलाको आयोजना गरिएको अनेरास्ववियूका नेतृ आरती लामाले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलनमा रहेका नेकपा प्रचण्ड–माधव समूहले देशव्यापी विरोघ कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्