Logo
Logo

पीएम कप क्रिकेटमा आजदेखि समुह चरणका दुइै खेल हुँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ माघ । प्रधानमन्त्री पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजदेखि समूह चरणका दुई खेल हुँदैछ । आजदेखि मुलपानी क्रिकेट मैदानमा खेल हुनेछ । शुक्रबार र शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा मात्र खेल भएको थियो ।

अब समूह चरणका खेलहरु दुई मैदानमा हुने नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । आज टीयू मैदानमा समूह ‘बी’ अन्तर्गत साविक विजेता नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ । जारी प्रतियोगितामा समूह ‘बी’को यो पहिलो खेल हुने खेल तालिकामा उल्लेख छ ।

यस्तै मुलपानी मैदानमा समूह ‘ए’ मा रहेका त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच खेल हुने छ । उद्घाटन खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको आर्मी दोस्रो खेल खेल्दैछ भने कर्णालीको यो पहिलो खेल हुनेछ ।

आर्मी र कर्णालीसँगै समूह ‘ए’ मा एपीएफ, गण्डकी र प्रदेश १ छन् । यस्तै समूह ‘बी’ मा साविक विजेता नेपाल पुलिससँगै बागमती प्रदेश, प्रदेश नम्बर २, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्