Logo
Logo

‘प्रधानमन्त्री ओली कुर्सिमा बसिरहनु मिल्दैन’


- दृष्टि न्युज/संवाददाता


काठमाडौंं, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा बस्न नमिल्ने बताएका छन् ।

शनिबार दाङ जिल्ला कमिटीले गरेको कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेका हुन् । उनले कार्यक्रममा बोल्दै प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओली त्यही प्रतिनिधि सभाबाट चुनिएको प्रधानमन्त्री पदमा बस्न नमिल्ने बताएका हुन् । उनले भने, ‘अब केपी ओली प्रधानमन्त्री भइरहन मिल्दैन । ‘उहाँ आफैँले प्रतिनिधि सभा विघटन गर्नुभयो। प्रतिनिधि सभा नभएको अवस्थामा उहाँ प्रधानमन्त्री भइरहन मिल्छ ? जे गरे पनि हुन्छरु पेल्नेरु,’ उनले भने, ‘जवरजस्ती गर्ने ? जे गरे पनि हुने’

उनले ओली सरकार कामचलाउ भएको पनि बताएका छन्। ‘न राष्ट्रपतिले काम चलाउ भन्नु छ। न आफूले प्रधानमन्त्रीबाट राजीनामा दिनु छ,’ आफू प्रधानमन्त्री नहुने अवस्थामा ओलीले लोकतन्त्र र संविधान नचाहिनेजस्तो गरेको उनको भनाई छ ।

‘आफू प्रधानमन्त्री नभए पछि त्यो लोकतन्त्र चाहिँदैन, संविधान चाहिँदैन ?,’ उनले भने ‘ यही हो केपीको कुरारु एउटा पदका लागि लोकतन्त्र होरु जिन्दगीभर पद दिन यो लोकतन्त्र ल्याएको हो ?’

प्रतिक्रिया दिनुहोस्