Logo
Logo

बोल्ड शैलीले भाईरल सोफी


- दृष्टि न्युज/संवाददाता


मुम्बई — बलिउड अभिनेत्री तथा गायिका सोफी चौधरी समााजिक सञ्जालमा क्रियाशिल छन् । उनले हालै सार्वजनिक गरेको एउटा तस्विर निकै भाईर भएको छ । उनले हालै मात्र सार्वजनिक भएको एउटा नयाँ तस्बिरमा उनी निकै बोल्ड देखिएकी छन्।

उनको बोल्ड अन्दाज देखेर फ्यानहरू चकित भएका छन्। हजारौंको संख्यामा रहेका इन्स्टाग्राम फलोअर्सहरूले उनको तस्बिरमा लाइक र कमेन्ट गरिरहेका छन्। सोफी बलिउडमा आफ्नो बोल्ड शैलीका लागि चिनिन्छिन्। स्मरण रहोस्, यसअघि पनि उनी थुप्रै पटक बिकनीमा देखिइसकेकी छन्। सोफीको जन्म बेलायतको म्यानचेस्टरमा भएको हो। उनी लन्डनमा हुर्किएकी थिइन्।

लन्डनमा पढाइ अघि बढाए पनि करिअरका लागि भने उनले बलिउड छानिन्। ‘सादी नम्बर वान’, ‘प्यार का साइड इफेक्टस’, ‘अगर’, ‘ड्याडी कुल’लगायत बलिउड फिल्ममा उनको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्