Logo
Logo

कोरोनाको उद्गम थलो भएर पनि चिनले राख्यो २०२० मा यस्तो रेकर्ड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ माघ । चीनले कोरोनाभाइरसको उद्गम थलो भएर सन् २०२० मा निर्यातमा रेकर्ड राखेको छ। हालै सार्वजनिक गरिएको तथ्यांक अनुसार गत वर्षको डिसेम्बरमा अपेक्षा गरिएभन्दा चीनको आयात र निर्यात दुबै बढेको हो ।

कोरोनाको सुरूआती चरणमा लापरबाही गरेको आरोप लागेको र अमेरिकासँग व्यापार युद्ध जारी रहे पनि गत वर्ष चीनले अमेरिकासँग निर्यात बढाएको हो । लकडाउन भएपछि घरबाटै काम गर्न चाहिने ल्यापटपलगायत सामान र अन्य मेडिकल सामग्रीका कारण चिनियाँ निर्यात ह्वात्तै बढेको हो।

गत वर्ष चीनको आयात र निर्यात गरी वैदेशिक व्यापार ४६.५ खर्ब डलर पुगेको छ। यो सन् १९५० मा रेकर्ड राख्न थालेयताकै सबैभन्दा धेरै हो।चीनको व्यापार नाफा गत वर्ष ५३५ अर्ब डलर पुगेको छ। यो सन् २०१५ यताकै बढी व्यापार नाफा रहेको तथ्यांकमा उल्लेख गरिएको छ । गत वर्षको मार्चदेखि डिसेम्बरसम्म चीनले ६७.८२ अर्ब डलरका कोरोना महामारीसम्बन्धी सामग्री बेचेको छ।

चीनले अहिलेसम्म २२४.१ अर्ब थान मास्क, २.३१ अर्ब थान प्रोटेक्टिभ लुगा, २ लाख ७१ हजार भेन्टिलेटर र १.०८ कोरोनाभाइरस टेस्ट किट बेचेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्