Logo
Logo

दीपक मनाङ्गेले संसद सचिवालयसँग १ लाख ४ हजार लेबी फिर्ता मागे


- दृष्टि न्युज/संवाददाता


पोखरा, ४ माघ । मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङ ‘दीपक मनाङ्गे’ले संसद सचिवालयसँग १ लाख ४ हजार रुपैयाँ लेबी फिर्ता माग गरेका छन् ।

मनाङबाट गण्डकी प्रदेशसभाका लागि स्वतन्त्र निर्वाचित गुरुङ नेकपा प्रवेश गरेका थिए । गत साल असार १९ गते नेकपा प्रवेश गरेका मनाङ्गे प्रदेशसभामा सत्ता पक्षकै लहरमा बस्दै आएका थिए । तर, अहिले भने आफु कुनै पार्टीमा प्रवेश नगरे, स्वतन्त्र नै रहेको भन्दै नेकपा सांसदको तर्फबाट काटिएको लेबी रकम फिर्ता माग गरेका हुन । सांसद मनाङ्गेले पाउने पारिश्रमिकबाट लेबी वापत नेकपाको खातामा १ लाख ४ हजार रुपैयाँ जम्मा भएको बुझिएको छ ।

 

मनाङ्गेले हालै मात्र स्वतन्त्र सांसदको परिचयपत्रसमेत लिएका छन् । निर्वाचन आयोगको रेकर्डमा उनी स्वतन्त्र सांसदकै रुपमा रहेको छन् । संसद सचिवालयमा नेकपाले पठाएको सांसदको सूचीमा मनाङ्गेको नाम समावेश गरिएको भतापनि नेकपामा प्रवेश गरेको आधिकारीक जानकारी संसद सचिवालयमा नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्