Logo
Logo

किसानलाई १५ हजार स्याउ र ओखरका बोट वितरण


- दृष्टि न्युज/संवाददाता


सिमकोट, ४ माघ । सिमकोट गाउँपालिकाले यस वर्ष पनि किसानलाई निःशुल्क स्याउ र ओखरका विरुवा वितरण गरेको छ । जिल्लामा स्याउ, ओखर लगाउने सिजन शुरु भएसँगै किसानलाई स्याउ, ओखरमा आत्मनिर्भर बनाउनका लागि विरुवा वितरण गरेको गाउँपालिकाको कृषि विकास शाखा प्रमुख नेत्रबहादुर शाहीले जानकारी दिए ।

सिमकोट बागवानीअन्तर्गत वडा १ देखि ८ सम्मका किसानलाई आठ हजार ५०० स्याउका विरुवा र सात हजार ओखरका विरुवा वितरण गरेको उनले बताए । शाखाले बेमौसमी तरकारीका बीउसमेत वितरण गरिरहेको छ । निवेदनका आधारमा आफ्ना वडाभित्रका स्याउखेती गर्ने किसानलाई वितरण गरिएको हो । गत वर्ष दश हजार स्याउ र दुई हजार ओखरका विरुवा वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्