Logo
Logo

सरकारी दाबी विपरित जुम्लामा लोडसेडिङ तालिका सार्वजनिक


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, ५ माघ । सरकारले लोडसेडिङ नहुने दाबी गरेपनि कर्णाली प्रदेशको जुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिका सार्वजनिक गरेको छ ।

उर्जा मन्त्री टोपबहादुर रायमाझी र प्रधानमन्त्री केपी शर्मा ओली आफैंले पनि अबका दिनमा लोडसेडिङ नहुने दाबी गर्दै आएका थिए ।

नेपालमा विद्युत उत्पादन बढाएर भारतलाई विक्रि गर्ने तयारी समेत थालेको सरकारी दाबी रहँदै आएको छ ।

तर, कर्णाली प्रदेशको जुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिकै सार्वजनिक गरेर सरकारको दाबीलाई अपत्यारिलो बनाइदिएको छ ।

नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले सार्वजनिक गरेको लोडसेडिङ तालिका अनुसार मध्यरात १२ बजेबाट मध्यान्ह १२ः३० बजेसम्म र राति ९ः३० बजेदेखि मध्यरात १२ बजेसम्म टूडिखेल, बाहिनी, महतगाउ, मिचा, गैरागाउ र अस्पताल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।

त्यस्तै मध्यान्ह १२ः३० बजेदेखि राति ९ः३० बजेसम्म विजयनगर ठूलो, विजयनगर सानो, बोहोरागाँउ, बसपार्क क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ । लोडसेडिङ तालिका अनुसार प्रत्येक हप्ता समूह परिवर्तन हुने सूचना पनि जारी गरिएको छ ।

त्यस्तै हरेक दिन विहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ६ बजेसम्म पावर हाउस बन्द रहने पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्