Logo
Logo

आफ्नो गीतमा आफै फिचर्ड बुद्ध, मुन्नीसँग यस्तो केमेस्ट्रि (भिडियोमा हेर्नुहोस्)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं — प्रथम नेपाल आइडल बुद्ध लामाको ‘हेरिरहुँ जस्तो’ बोल रहेको गीतको भ्युजिक भिडयो सार्वजनिक भएको छ । हालै सार्वजनिक गीतमा बुद्ध स्वयमले आवाजसँगै संगीत पनि भरेका छन् ।

आजामा ममता गुरुङले साथ दिएकी छिन् भने उक्त गीतमा शब्द अल्विन थापा मगर र बुद्ध स्वयंमले लेखेका छन् । भिडियोमा बुद्ध आफै फिचर्ड भएका छन् । बुद्धसँगै मुन्नी’ उपनामले परिचित नृत्याङ्गना प्रियाना आचार्यले अभिनय गरेकी छन् । पछिल्लो पटक ‘डान्सिङ विथ स्टार्स नेपाल’मा प्रस्तुत नृत्यले फरक फरक टिममा रहेका बुद्ध र प्रियाना एउटै भिडियोमा देखा परेका हुन् ।

भिडियोमा बुद्ध र प्रियाना प्रेमिल अभिनय गरेका छन् । भिडियोलाई निसाल पौडेलले खिचेका हुन् भने सम्पादन विकाश दाहालको छ । निर्देशन युवराज वाइबाले गरेका छन् ।

भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्