Logo
Logo

नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद दुगड चयन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल मैदा उद्योग संघको २२औं वार्षिक साधारणसभाले कुमुदकुमार दुगडलाई आगामी २ वर्षको लागि अध्यक्ष पदमा निर्विरोध चयन ग¥यो । २०७७ माघ २ गते शुक्रबार काठमाडौँमा सम्पन्न सभाले प्रथम उपाध्यक्षमा दिनेशकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतीय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ ।

अध्यक्ष दुगड बिगतमा दुई कार्यकाल संघको अध्यक्ष भइसकेका छन् । सभाले संघको नयाँ नेतृत्वको लागि उनलाई नै अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

सभाले निम्न निर्णयहरु पारित गरी सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको छ । जसमा मु.अ.करका कारण आयातित मैदासँग प्रतिस्पर्धा गर्न नसकेको हुँदा कर छुटमा बिचार गरिदिन नेपाल सरकारसमक्ष अनुरोध गर्ने, मैदा नेपालमै आत्मनिर्भर भैसकेको हुँदा अन्य मुलुकबाट आयात हुने मैदा पूर्ण बन्देज हुनुपर्ने । कच्चा पदार्थ गहुँ र तयारी बस्तु मैदा आयात गर्दा भन्सार मूल्यांकन कमसेकम दुई तहले फरक हुनुपर्ने, गहुँ र मैदा आयात गर्दाको भन्सार शुल्कको फरक कम भएकाले कम्तिमा पनि दुई तह फरक हुनुपर्ने निर्णय गरेको छ ।

त्यसैगरी गहुँ आयातमा ५ प्रतिशत कृषि सुधार शुल्कलाई उद्योगकै नाममा गहुँ आयात गर्दा १ प्रतिशत हुनुपर्ने । कमसेकम अफ सिजनमा भए पनि स्वदेशी उद्योगलाई सहुलियत दरमा गहुँ आयात गर्न पाउनुपर्ने, फ्लोर फोर्टिफिकेशन आयातित मैदामा पनि हुनुपर्ने, नेपालमा गहुँ उत्पादन बढाउन किसान, सरकार र व्यवसायीको सहकार्य गर्दै जाने र मैदा निर्यातमा दिँदै आएको निर्यात अनुदान लाई पुनः ५ प्रतिशत कायम हुनुपर्ने जसले गर्दा स्वदेशी मैदा विदेश निर्यात हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्