Logo
Logo

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ माघ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आज ( सोमबार) राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो। निगमद्वारा जारी विज्ञप्तिका अनुसार पेट्रोलमा १ रूपैयाँ, डिजेल र मट्टितेलमा २ रूपैयाँ बृद्धि गरेको जनाइएको छ ।

मूल्य बढाएको बारे नेपाल आयल निगमले जारी गरेको विज्ञप्ति

योसँगै पेट्रोलको मूल्य १०८ प्रति लिटर पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ कायम भएको छ । हवाई इन्धन तथा एल.पि.ग्यासको मूल्य भने यथावत छ ।

प्रतिक्रिया दिनुहोस्