Logo
Logo

विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ३८ लाख नाघ्यो, २० लाख २६ हजार बढीको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ माघ । विश्वभर कोरोना भाईरस (कोभिड-१९)  संक्रमितको संख्या ९ करोड ३८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ८८ हजार ३२५ संक्रमित थपिएका छन् ।

यस्तै कोरोना भाईरस संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २० लाख २६ हजार ९३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १३६ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ ।

यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख ५६ हजार ६७६ पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख १२ हजार २५३ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार अमेरिकामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ९२ हजार ६४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५५७ संक्रमितको मृत्यु भएको छ ।

यस्तै, भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५२ हजार नाघेको छ । हालसम्म भारतमा १ लाख ५२ हजार ४१९ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ ।

पछिल्लो २४ घण्टामा १४५ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा भारतमा १३ हजार ७८८ संक्रमित थपिएका छन् । तथ्यांक अनुसार भारतमा १ करोड ५ लाख ७१ हजार ७७३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्