Logo
Logo

आज बढ्यो सुन र चाँदीको मूल्य, तोलाको कति ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ माघ । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार आज बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। यस्तै चाँदीको मूल्य पनि सोमबारको तुलनामा मंगलबार बढेको महासंघले जनाएको छ । सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्