Logo
Logo

सेयर बजारमा तीव्र उतारचढाव


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ माघ । साताको तेस्रो दिन आज ( मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले घटेको छ । दिनभर बजारमा तीव्र उतारचढाव पछि अन्तमा ५ दशमलव ५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा झरेको हो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८५ अंकले ओरालो लागेको छ । आज (मंगलबार) विहान कारोबार शुरु भएसँगै बजार बढ्न थालेको थियो । नेप्से परिसूचक बढेर २हजार ३ सय ६२ सम्म पुगेको थियो । त्यसपछि भने घट्न शुरु भयो । दिनभरको घटबढ पछि अन्तमा ५ दशमलव ५७ अंकले घटेर बन्द भएको हो ।


कारोबार रकम भने सोमबारको तुलनामा वृद्धि भएको छ । सोमबार साढे ६ अर्बको कारोबार भएकोमा मंगलबार ७ अर्ब ४६ करोड रुपैयाँ भन्दा धेरेको कारोबार भएको छ । १ करोड ६३ लाख ५ हजार १४१ कित्ता सेयर मंगलबार किनबेच भए । कारोबार भएकामध्ये ३ समूहको सूचक वृद्धि भएको छ भने बाँकी तल झरेका छन् । फाइनान्स र जीवन बिमा समूह बढी वृद्धि भएको छ । ८ कम्पनीको भाउ ९५ भन्दा धेरैले वृद्धि भएको छ । खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसको ९१ करोड ९७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा प्रभु बैंक र तेस्रोमा पुनर्बिमा कम्पनी परेका छन् ।

प्रतिक्रिया दिनुहोस्