Logo
Logo

भारतले कोरोना भाइरस विरुद्धको खोप आजबाट नेपाल पठाउने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ । भारतले उपलब्ध गराउने कोरोना भाइरस विरुद्धको खोप आजबाट नेपाल ल्याइने भएको छ ।

आफ्ना छिमेकी मुलुकहरुका लागि भारतले कोरोना भाइरस विरुद्धको खोप दिने नीति अख्तियार गरेपछि आजबाट नेपाल सहित भुटान, माल्दिभ्स्, वंगलादेश लगायतका मुलुकहरुमा भारतले खोप पठाउन लागेको हो ।


भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा कोरोना विरुद्धको लडाईमा छिमेकीसँगको सहकार्यलाई निरन्तरता दिने कार्यक्रम अन्तर्गत खोप पठाउन लागिएको उल्लेख छ ।

नेपालमा सिरम इन्स्टिच्युटमा उत्पादन भएको अक्सफोर्ड एक्ट्राजेनेकाको कोभिसिल्ड खोप आउने छ ।

यस अघि औषधि व्यवस्था विभागले भारतमा उत्पादन भएको यो खोप आपतकालिन प्रयोगका लागि अनुमति दिएको थियो ।

नेपालले ६० लाख नागरिकका लागि खोप माग गरेपनि भारतले यति नै मात्रामा खोप दिने उल्लेख गरेको छैन ।

उसले आफ्ना नागरिकका लागि पर्याप्त हुने भएपछि छिमेकीलाई प्राथमिकतामा राखेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्