उपत्यकामा पनि आज लोडसेडिङ, कुन-कुन स्थानमा जाँदैछ बिजुली ? « Drishti News – Nepalese News Portal
Logo

उपत्यकामा पनि आज लोडसेडिङ, कुन-कुन स्थानमा जाँदैछ बिजुली ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ , ७ माघ । आज काठमाडौं उपत्यकामा पनि लोडसेडिङ हुने भएको छ । उपत्यकाका केही ठाउँमा आज लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ललितपुरको बालकुमारी खन्ना गार्मेन्ट, हनुमन्ते करिडोर, नमस्ते पेट्रोल पम्प आसपासका क्षेत्रमा दिउँसो ३ देखि ४ बजेसम्म एक घण्टा लोडसेटिङ हुने भएको हो ।

लुभु एकको फिडर अन्तर्गत पर्ने बालकुमारी खरिबोट नजिकै रहेको एशियन पेन्ट्स नेपालको ट्रान्सफरमर जलेकोले सो ट्रान्सफरम मर्मतको लागि सटडाउन गर्नुपर्ने भएकाले एक घण्टा बिजुली जाने भएको छ ।

काठमाडौंको सुकेधारा, चण्डोल, महाराजगंज, विशालनगर, चप्पल कारखाना, लोसाल आसपास एक बजेदेखि दुई बजेसम्म एक घण्टाको लागि विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको हो । सो क्षेत्रको ओम फिडर अन्तर्गतको कुमारी मन्दिर एरियामा ट्रान्सफरमर इन्स्टलेसन गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्