Logo
Logo

ज्याक मा सार्वजनिक भएसँगै अलिबाबाको शेयर बजारमा सकारात्मक असर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ । आफ्नो कम्पनीमाथि अनुसन्धान सुरु भएपछि पहिलोपटक चिनियाँ ई-कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा सार्वजनिक भएका छन् । सार्वजनिक स्थलमा नदेखिएसँगै ज्याक मा हराएको आशंका गरिएको थियो ।

सरकारले उनलाई नियन्त्रणमा राखेको हुन सक्ने केहिले अनुमान गरेका थिए । ज्याक मा एन्ट कम्पनीमाथि अनुसन्धान सुरु भएपछि पहिलोपटक सार्वजनिक भएसँगै अलिबाबाको शेयरको भाउ पनि पाँच प्रतिशतभन्दा धेरैले बढेको समाचारमा उल्लेख छ ।

चिनियाँ चर्चित उद्यमीको रुपमा रहेका ज्याक माले बुधबार शिक्षकहरुको एक सम्मेलनमा सम्बोधन गरेका छन् । अनलाइनबाट उक्त सम्मेलनलाई सम्मेलन गरेसँगै त्यसको सकारात्मक असर अलिबाबाको शेयर बजारमा देखिएको हो ।

गत अक्टोबरमा ज्याक माले चीनको वित्तीय नियामकको आलोचना गर्दै अभिव्यक्ति दिएका थिए । त्यसपछि ज्याक माले स्थापना गरेको एन्ट कम्पनीको आईपीओ नियामकले अन्तिम समयमा रोकिदिएको थियो । त्यसयता ज्याक मा सार्वजनिक भएका थिएनन् । गत डिसेम्बरमा चीनमा एन्ट कम्पनीबारे अनुसन्धान सुरु गरिएको थियो । चीनको पछिल्लो समय मुलुकमा निकै शक्तिशाली बनेर उदाएका कम्पनीमाथि कडाइ गरिरहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्