Logo
Logo

शहीद स्मृतिकप १ फागुनदेखि


- दृष्टि न्युज/संवाददाता


शहीद स्मृतिकप १ फागुनदेखि
रुपन्देही, २६ माघ । शहीद स्मृति खेलकूद क्लबको आयोजना तथा मदन भण्डारी स्र्पोट्स एकेडेमीको सहकार्यमा बुटवलमा चौथो शहीद स्मृतिकप खुला नकआउट फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।
फागुन १ गतेदेखि रामनगर खेलमैदानमा हुने सो प्रतियोगिताका लागि सबै तयारी पूरा भएको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष योगेन्द्र गौतमले बताएका छन् । २३औँ जनयुद्ध दिवसको अवसरमा आयोजना गरिने उक्त प्रतियोगितामा विजेतालाई रु एक लाख एक हजार र उपविजेतालाई रु ५० हजार ५०० सहित कप तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए । उक्त प्रतियोगितमा १० समूह सहभागी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्