Logo
Logo

नेप्सेमा फेरि देखियो सुधार, १५ अंकले बढ्यो शेयर बजार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ । सेयर बजार आज (बुधबार) सकारात्मक देखिएको छ । छिनछिनको उतारचढावका बाबजुत पनि नेप्से हरियै भएर बन्द भएको हो । अन्तिम प्रहरमा बजार थप बलियो देखिएको हो । यसअघि लगातार बढेको बजार मंगलबार केही करेक्सन भएको थियो । यतिबेला सेयर बजार २३ सय अंक माथि हिँडिरहेको छ ।

सूचकले निरन्तरजसो माथिल्लो रेखाहरु कोर्दै गएपछि लगानीकर्ता थप उत्साहित भएका छन् । बुधबार ४० अंकको उतारचढावबीच पनि नेप्से सूचक १५ अंकले बढेर २ हजार ३ सय ४२ अंकमा बन्द भएको छ । प्री–ओपन सेसनमा ३४ अंकले बढेको बजार सामान्य सेसनमा थप ६ अंकले बढ्दै २ हाजर ३ सय ६२ अंक सम्म पुगेको थियो । तर सामान्य सेसनमा भने बिक्रि चाप हाबी भएसँगै बजार १५ मिनेट भित्रै रातो भएको थियो । ५ अंकले घटेर २ हजार ३ सय २२ अंक सम्म झरेको बजार पुनः उकालो लाग्दै २ हजार ३ सय ४६ अंक सम्म उक्लेको थियो । तर उक्त बृद्धि पनि धेरै बेर टिक्न पाएन । १ बजे सम्म सामान्य घटेको बजार १ बजे पछि भने विस्तारै बढेर अन्तत १५ अंकको बृद्धि सहित २ हजार ३ सय ४२ अंकमा बन्द भएको छ ।

बजार विश्लेषकहरुका अनुसार बुलिस प्रवृत्तिमा बजार अझै लामो समय रहन सक्छ । किन भने विगतमा पनि बुलिस बजार ४–५ वर्षसम्म टिकेको थियो । बैंक ब्याजदर, अधिक तरलता लगायतका प्रमुख पक्षले पनि साथ दिइरहेको छ । बेलाबखत सानाठूला करेक्सन आए पनि समग्रमा बजारको गति माथितिरै हुनेछ । जीवन बिमा, फाइनान्स, निर्जीवन बिमा लगायतका समूहमा बढी तेजी आएका छन् । १५ कम्पनीको भाउ ९५ भन्दा बढीले वृद्धि भएको छ । खरिद बिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा छ । यसको ६१ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा प्रभु बैंक र तेस्रोमा नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।

प्रतिक्रिया दिनुहोस्