Logo
Logo

डोनाल्ड ट्रम्पले लेखे जो बाइडेनको नाममा चिट्ठी


- दृष्टि न्युज/संवाददाता


अमेरिका, ८ माघ । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनको नाममा चिठ्ठी लेखेका छन् । अकिांश परम्परा तोडे ट्रम्पले राष्ट्रपतिको कार्यालयमा आफ्ना उत्तराधिकारी जो बाइडेनका लागि पत्र छोड्ने परम्परा भने निभाएका हुन् । उनले सो पत्रमा के लेखेका छन्, त्यसबारे केही थाहा छैन तर, राष्ट्रपति जो बाइडेनले उक्त सन्देशलाई निकै उदार बताएको सीएनउनले उल्ल्लेख गरेको हो ।

‘यो निकै नीजि थियो त्यसैले उनीसँग कुरा नगरिकन म यसबारे केही भन्ने छैन । ’ सीएनएनले लेखेको छ । पत्रमा ट्रम्पले बाइडेनका लागि के लेखेका छन् ? प्रश्नको जवाफमा प्रेस सेक्रेटरी जेन पास्कीले भनिन्, ‘उहाँले उक्त पत्र खोलेर हेर्ने बेला म उहाँसँगै अफिसमा थिएँ । उहाँले यसलाई उदार र अनुकूल बताउनुभएको छ ।’

‘उहाँले यो नीजि पत्रमा के लेखिएको छ भनेर सार्वजनिक नगर्ने बताउनुभएको छ । हाल ट्रम्प र बाइडेनबीच कुराकानीको कुनै योजना छैन ।’ साकीले भनिन्, ‘म यसलाई पूर्व राष्ट्रपतिबीच लामो टेलिफोन वार्ताको संकेतको रुपमा पनि हेर्दिनँ ।’

प्रतिक्रिया दिनुहोस्