Logo
Logo

ह्वाइट हाउसमा ट्रम्पकी छोरीले गरिन् ‘इन्गेजमेन्ट’


- दृष्टि न्युज/संवाददाता


अमेरिका -ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्पले ह्वाइट इन्गेजमेन्ट गरेकी छिन् । आफ्ना पिताको राष्ट्रपति कार्यकालको अन्तिम दिनमा उनले माइकल बुलोससँग इन्गेजमेन्ट गरेकी हुन् ।

उनले आफ्नो इन्गेजमेन्टको फोटो मंगलबार ट्वीटरमा सेयर गर्दै टिफनी ट्रम्पले लेखेकी छिन्, ‘ ह्वाइट हाउसमा ऐतिहासिक अवसरको उत्सव मनाउन पाउनु र आफ्नो परिवारसँग बस्न पाउनु एक सम्मान हो, तर प्रेमी माइकलसँग गरेको इन्गेजमेन्टभन्दा ती सबै सम्मानभन्दा विशेष छ । अब हामी हाम्रो जीवनको अर्को अध्यायका लागि खुसी छौं ।’

२७ वर्षकी टिफनी डोनाल्ड ट्रम्प र उनकी दोस्री श्रीमती मार्ला मेपल्सकी एक्ली सन्तान टिफनीले जर्ज टाउन विश्वविद्यालयको कानून विद्यालयबाट स्नातक गरेकी छिन् । टिफनीका प्रेमी माइकल बुलोस २३ वर्षका छन् र उनी नाइजेरियाली उद्योगपतिका छोरा हुन् ।

अमेरिकी राष्ट्रपतिको पदबाट हटिसकेपछि डोनल्ड ट्रम्प आफ्नी श्रीमती मेलानिया ट्रम्प र परिवारसमेत ह्वाइट हाउस छोडिसकेका छन् । ह्वाइट हाउस छोडेपछि ट्रम्पका लागि जोइन्ट बेस एन्ड्रूजमा विदाई समारोह आयोजना गरिएको थियो । त्यहाँ ट्रम्पले अन्तिम पटक सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्