Logo
Logo

कोरोनाको खोप पाँच दिनभित्र जिल्लामा पुग्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ । भारतले उपलब्ध गराएको कोरोना भाईरसविरुद्धको खोप पाँच दिनभित्र जिल्लामा पुग्ने सरकारको योजना रहेको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनामा खटिनेहरु रहेको जानकारी दिएका हुन् । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन ।

मन्त्रालयका अनुसार स्वयम्सेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइनेछ । देशभर ५२ हजार महिला स्वयम्सेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ ।

काठमाडौँमा बिहीबार ११ बजेर ४५ मिनेटमा एयर इन्डियाबाट आइपुग्ने खोप त्रिभुवन विमानस्थलबाट सिधै टेकुस्थित केन्द्रीय खोप भण्डारणमा लगिनेछ, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ । भारतीय राजदूत विनयमोहन क्वात्राले विमानस्थलबाटै स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् । विमानस्थलबाट टेकुको केन्द्रीय खोप भण्डारणसम्म लैजान तापक्रम कायम गर्न मिल्ने उपकरणजडित दुईवटा ट्रक तयारी अवस्थामा राखिएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्