Logo
Logo

सुनको मूल्य आज पनि बढ्यो, कति पुग्यो तोलाको ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ । सुनको मुल्यमा बिहीबार पनि वृद्धि भएको छ । केहीदिनयता बढ्दो क्रममा रहेको छापावाल सुन अघिल्लो दिनको तुलनामा ६०० रुपैयाँ बढेर तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२७५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्