Logo
Logo

नेपाल आईपुग्यो भारतले अनुदान दिएको कोरोनाविरुद्धको खोप


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ । भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौंमा ल्याईएको छ । एयर इन्डियाको विमानबाट केहीसमयअघि उत्त खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुगेको छ ।

भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई पनि अनुदानमा उपलब्ध गराएको हो । विमानस्थलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम छ ।

ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । नगर प्रहरीले स्कर्टिङ गरी खोप टेकुसम्म पुर्याउने बताईएको छ । त्यसपछि स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाईनेछ ।

सरकारले उक्त खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने तयारी गरेको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्