Logo
Logo

भारतको कर्नाटकमा जिलेटिन लोड गरिएको ट्रक विष्फोट, ८ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ । भारतको कर्नाटक राज्यमा जिलेटिन लोड गरिएको एक ट्रक विष्फोट हुँदा ८ जनाको ज्यान गएको छ । गएराति सवा १० बजेतिर मजदुरहरुसमेत सवार सो ट्रक कर्नाटकको शिवमोगा जिल्लामा विष्फोट भएको हो ।

विष्फोटपछि फैलिएको गन्ध र अँध्यारो भएका कारण उद्धारको काम प्रभावकारी हुन नसकेको बीबीसीले उल्लेख गरेको छ । सो स्थानमा विष्फोटक पदार्थहरु भएको हुनसक्ने आशंकामा बम डिस्पोजल टोली पनि झिकाइएको छ । साथै प्रहरीले घटनास्थल वरपरको क्षेत्र नियन्त्रणमा लिएको छ ।

विष्फोटको समयमा भूकम्प गएजस्तो महसुस भएको स्थानीयहरुको भनाई छ । धेरैजसो घरका झ्याल र ढोकाका सिसा फुटेका छन् । विष्फोटको आवाज छिमेकी जिल्लाहरुमा समेत सुनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्