Logo
Logo

अष्ट्रेलियामा सन्दीपले लिए ३ विकेट, टिम पुग्यो सेमिफाइनलमा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २७ माघ ।
अष्ट्रेलियामा जारी बिग बास लिग(बिबिएल)मा नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्स सेमिफाइनलमा पुगेको छ । आइतबारको अन्तिम खेलमा उत्कृष्ट नजितासँगै मेलवर्न स्टार्स सेमिफाइनल पुगेको हो ।


मेलबर्नले सिड्नी सिक्सर्सलाई ९४ रनले हरायो । एक सय ६९ रनको लक्ष्य सिड्नीलाई दिएकोमा उ ७४ रनमै अलआउट हुन पुग्यो ।
आइतबारको खेलमा लामिछानेले तीन विकेट लिएका थिए । ३.४ ओभर बलिङ गरेका उनले तीन विकेट लिएर ११ रन मात्र दिए । सेमफाइनलमा मेलवर्नको प्रतिस्पर्धा बुधबार होबार्ट हुरिकन्ससँग हुने छ ।

प्रतिक्रिया दिनुहोस्